घलेलमा ल्होछार उत्सव सकियो: पुरुष, महिला र भेट्रान्स भलिबलमा आयोजक नै च्याम्पियन

पाेखरा | पुस २४, २०८२

घलेलमा ल्होछार उत्सव सकियो: पुरुष, महिला र भेट्रान्स भलिबलमा आयोजक नै च्याम्पियन

कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।

 

बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउँस्तरीय पुरुष भलिबल, पुरुष भेट्रान्स भलिबल र क्लबस्तरीय महिला भलिबलमा आयोजक नै च्याम्पियन बनेको हो ।

 

पुरुष भलिबलतर्फको फाइनल खेलमा बौद्ध सिर्जना युवा क्लब घलेलले घाचोकलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गर्दै आयोजकले प्रतियोगितामा च्याम्पियन बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार च्याम्यिन बनेको घलेलले नगद रु ८५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपबिजेता बनेको घाचोकले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार हात पार्याे ।

 

यसैगरी भेट्रान्स भलिबलतर्फ घलेलले घाचोकलाई २–१ को सेटले पराजित गर्दै उपाधि जित्यो । भने, महिला भलिबलतर्फ घलेलले नयाँपुल साँखुलाई २–१ को सेटले पराजित गर्दै आयोजक नै च्याम्पियन बन्यो ।
 

भेट्रान्सतर्फ बिजेताले घलेलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपबिजेता घाचोकले शिल्ड, मेडल तथा नगद रु २० हजार हात पार्याे ।
 

महिलातर्फको बिजेता घलेलले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तद्वारा पुरस्कृत भयो । भने, उपबिजेता नयाँपुल साँखुले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

 

प्रतियोगितामा पुरुष भलिबलतर्फ उत्कृष्ट खेलाडीको रुपमा घलेलका आयुष गुरुङ, भेट्रान्सतर्फ घलेलकै जापान गुरुङ र महिलातर्फ घलेलकै अस्मिता परियार पुरस्कृत बनिन् ।

 

प्रतियोगितामा पुरुषतर्फ ३२, भेट्रान्सको ८ र महिलातर्फ ३ टिमको सहभागीता रहेको थियो ।
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्